मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ
२०८२-०३-१७
- A
- A-
- A+
पर्सा, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा वीरगंज महानगरपालिका-३२ बस्ने १९ वर्षीय विध्यानन्द महतोलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका-३१ कोनिया टोलस्थित पार्किङ गरी राखिएको मधेश प्रदेश-०३-०३५ प ७७४५ नम्बरको मोटरसाइकल असार ९ गते चोरी भएको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न महतोलाई वीरगंज महानगरपालिका-३१ बाट उक्त मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।