अवैध लागूऔषध सहित एक जना पक्राउ
२०८२-०३-१७
- A
- A-
- A+
झापा, भद्रपुर नगरपालिका-५ राजन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४९ मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमल गाउँपालिका-५ पाडाजुङी बस्ने २० वर्षीय पिजल धिमाल र सोही गाउँपालिका-२ बस्ने ३२ वर्षीय केशब राई रहेका छन् ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।