प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८२-०३-१९

  • A
  • A-
  • A+
Share

काठमाडौं, लागूऔषध मुद्दाका फरार प्रतिवादी भक्तपुर मध्यपुर थिमी नगरपालिका-९ बस्ने ३१ वर्षीय कुशल राजबाहकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत काठमाडौंको २०७८ पुस २० गतेको फैसलाले १ वर्ष कैद सजाय र ५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुर थिमीबाट पक्राउ गरेको हो ।   

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

सम्बन्धित समाचार