प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

२०८२-०३-१९

  • A
  • A-
  • A+
Share

बारा, आफ्नै श्रीमती २३ वर्षीया सहिना खातुनको हत्या गरेको अभियोगमा कलैया उपमहानगरपालिका-१० मटिअर्वा बस्ने ३५ वर्षीय बच्चा मियाँलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

बच्चाले घरायसी विवादका कारण दाउ प्रहार गर्दा सहिनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मटिअर्वा र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।