अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०३-१९
- A
- A-
- A+
कास्की, माछापुच्छ्रे गाउँपालिका-८ लुम्रे पुलबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ५ सय ग्राम सहित सोही महानगरपालिका-२५ हेम्जा बस्ने म्याग्दी घर भएका २१ वर्षीय योगेश रोका समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट भेडाबारीबाट खटिएको प्रहरीले लु.प्र.०१-००६ प ०८३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्राम ४ सय मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-२ बस्ने २३ वर्षीय सिशिर भट्टराईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
उदयपुर, बेलका नगरपालिका-१ आम्बासीबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित सोही नगरपालिका-९ बस्ने ३० वर्षीय युबराज राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरीले रामपुरबाट कञ्चनपुरतर्फ जाँदै गरेको स.२ प ८२११ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।