प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ८ जना पक्राउ

२०८२-०३-२१

  • A
  • A-
  • A+
Share

कैलाली, बर्दगोरिया गाउँपालिका-१ बौनिया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही गाउँपालिका-१ बस्ने २३ वर्षीय रोहित सुनारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय दाता रानालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी बिट मनेहराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलीले को.३३ प २९२ नम्बरको मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका-१७ पकली बस्ने २४ वर्षीय बलराम चौधरी र सोही उपमहानगरपालिका-१९ बस्ने ३२ वर्षीय अरविन्द्र भण्डारीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम ३ सय मिलिग्राम तथा भोक्राहा नरसिंह गाउँपालिका-३ बस्ने ३१ वर्षीय प्रभु नारायण यादवलाई २ ग्राम ९ सय ४० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१० डेरा गरी बस्ने २६ वर्षीय प्रसन गिरीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ७५ ट्याब्लेट सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

झापा, बिर्तामोड नगरपालिका-३ कच्चुबारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम, इलाम नगरपालिका-९ बस्ने २५ वर्षीय गंगाराम चौहान र २० वर्षीय सुजन अधिकारी रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट प्र.१-०१-००२ ह ७५४८ नम्बरको अटो रिक्सा र प्र.१-०३-००१ प ६२१५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८२-०५-०२

मोरङ, उर्लाबारी नगरपालिका-९ बाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय ५० ट्याब्लेट सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा दमक नगरपालिका-४ बस्ने ४३ वर्षीय केदार ओझा र मोरङ उर्लाबारी नगरपालिका-४ बस्ने २२ वर्षीया एन्जिला दाहाल रहेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले आमबारीबाट उर्लाबारीतर्फ आँउदै गरेको बा.३ च ७९८१ नम्बरको कारलाई जाँच गर्दा उक्त लागूऔषध फेला पारी चालक केदार र कारमा सवार एन्जिलालाई पक्राउ गरेको हो ।  नवलपरासी पश्‍चिम, रामग्राम नगरपालिका-३ मालपोत टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम २ सय १० मिलिग्राम सहित भारत महाराजगंज थाना ठुठिबारी ग्राम चटनिया बस्ने २८ वर्षीय सन्नि कुमारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्‍चिम समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुर बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ठाकुरबाबा नगरपालिका-४ बस्ने २१ वर्षीय अबिशेष चौधरी र सोही नगरपालिका-१ बस्ने २१ वर्षीय विशाल खत्री रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भिमदत्त नगरपालिका-४ डेरा गरी बस्ने कृष्णपुर नगरपालिका-३ बाणी घर भएका २१ वर्षीय सन्दिप जोशीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय १० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको       छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०५-०२

रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-१२ भबई बस्ने ४३ वर्षीय प्रशुराम लोधलाई अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी सुक्रौलीआमाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  यसैगरी रूपन्देही, गैडहवा गाउँपालिका-५ तेलेण्डिहवाबाट नियन्त्रित लागूऔषध प्रोक्सिको स्पास ३ सय ७० ट्याब्लेट सहित लुम्बिनी साँस्कृतिक नगरपालिका-६ सुण्डीहवा बस्ने २४ वर्षीय टोफिक अहमदलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले लुम्बिनीबाट मंगलपुरतर्फ आउँदै गरेको लु.१७ प ६४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०५-०१

सुनसरी, धरान उपमहानगरपालिका-२० ओशो पार्कस्थित जंगलबाट अवैध लागूऔषध गाँजा करिब ७२ किलोग्राम सहित ५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-२० बस्ने ३० वर्षीय रूपेश राई, २८ वर्षीय मिलन राई, २५ वर्षीय रंजित राई, इटहरी उपमहानगरपालिका-१० बस्ने धनकुटा सहिदभुमी गाउँपालिका-३ घर भएका ३४ वर्षीय प्रदिप राई र धरान उपमहानगरपालिका-१३ बस्ने ३१ वर्षीय सन्तोष राई रहेका छन् । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०५-०१

 सुनसरी, इनरूवा नगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम ३५ मिलिग्राम सहित ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैंचा नगरपालिका-६ बस्ने ३७ वर्षीय रोशन खड्का, ३२ वर्षीय लाल बहादुर विक, धादिङ थाक्रे गाउँपालिका-१० बस्ने ३१ वर्षीय कुमार बिडारी र दोलखा मेलुङ गाउँपालिका-२ बस्ने ३३ वर्षीय राम आछामे रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनकुटा, धनकुटा नगरपालिका-१० उत्तरपानी डेरा गरी बस्ने गरी बस्ने सहिदभुमि गाउँपालिका-६ सुक्याल घर भएका २७ वर्षीय अशोक राईलाई नियन्त्रित लागूऔषध ट्रामोल ६ सय १० ट्याब्लेट, स्पास्पेन ६० ट्याब्लेट, स्पास्मो ९४ ट्याब्लेट र टापेन्टाडोल १० ट्याब्लेट सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनको डेरा कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  धादिङ, बेनीघाट रोराङ गाउँपालिका-९ मझिम्टारबाट अवैध लागूऔषध गाँजा ४ किलो ८ सय ग्राम सहित कास्की पोखरा महानगरपालिका-१५ बस्ने ३२ वर्षीय मिलन परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ८९०० नम्बरको माइक्रोमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  उदयपुर, उदयपुरगढी गाउँपालिका-७ हाडेबासबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ६८ एम्पुल, डाईजेपाम ७२ एम्पुल र प्रोमेथाजाइन ६७ एम्पुल सहित त्रियुगा नगरपालिका-१० बोक्से बस्ने २३ वर्षीय सुजन राउतलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हाडेबासबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका-९ माछागढ बस्ने २९ वर्षीय लबिस सुनार र २७ वर्षीय सुशिल चन्द रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-१८ पिपलडालीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८१ ट्याब्लेट सहित सोही महानगरपालिका-१८ लामगाउँ बस्ने २३ वर्षीय अमन श्रेष्ठ समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले ग.१४ प ४६४३ नम्बरको स्कुटर जाँज गर्दा उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २८ ग्राम ६ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ बस्ने २४ वर्षीय रामहरी सिलवाल र २३ वर्षीय सुरेन्द्र सिलवाल रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट काँकरभिट्टातर्फ आउँदै गरेको सिटि सफारीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २३ जना पक्राउ
२०८२-०४-३१

काठमाडौं, तारकेश्वर नगरपालिका-५ लोलाङ्गबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ४ सय ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका-५ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-६ पैयुटार बस्ने २४ वर्षीय अनिल तामाङ र २६ वर्षीय राजु तामाङ रहेका छन् । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले बा.५० प ७१४४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-५ जम्बुडाँडा उपकार टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय १० ट्याब्लेट सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटी बस्ने बारा घर भएका २४ वर्षीय अर्जुन रावत र ओखलढुंगा घर भएका २५ वर्षीय सुदिप श्रेष्ठ रहेका छन् । प्रहरी बिट जम्बुडाँडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-१३ ताहाचलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १० ट्याब्लेट सहित काठमाडौं डल्लु बस्ने ओखलढुङ्गा घर भएका २१ वर्षीय अनिश खत्री समेत ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट ताहाचलबाट खटिएको प्रहरीले बागमती प्रदेश.०२-०५३ प ८३५८ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, बर्दगोरिया गाउँपालिका-२ बौनियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ६० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका-९ मसुरिया बस्ने २६ वर्षीय बिनोद विक र भारत उत्तर प्रदेश कानपुग्राम रामपुर मजरा बैरिसाल रसुलाबाद बस्ने ३१ वर्षीय रमेश कुमार रहेका छन् । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले युपि ३२ एचएफ ४६९५ नम्बरको कारमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ७० मिलिग्राम सहित डडेल्धुरा गन्यापधुरा गाउँपालिका-२ बस्ने २६ वर्षीय भुवन बोहरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-११ त्रिभुवन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९८ ग्राम ८ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४४ वर्षीय रसुल अहमद कबाडियालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज, वडा प्रहरी कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बाँके, कोहलपुर नगरपालिका-११ चौराहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २२ ग्राम ३ मिलिग्राम, आइप्याड १ थान, क्यामेरा १ थान र मोबाइल २ थान सहित कालिकोट खाँडाचक्र नगरपालिका-५ बस्ने २६ वर्षीय नविन शाहीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट बसपार्क कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० ग्राम २ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ फुल्टेक्रा बस्ने २५ वर्षीय फैजान अन्सारी समेत २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, अर्जुनधारा नगरपालिका-८ बस्ने ३२ वर्षीय घनश्याम साहुलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ७० मिलिग्राम र नगद ३३ हजार ४ सय ५० रूपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ३० मिलिग्राम सहित इलाम घर भएका २८ वर्षीय अविशेक राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ सिटीसफारीमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६ मिलिग्राम सहित सोही नगरपालिका-१० धुलाबारी बस्ने २८ वर्षीय सुरेश गुरूङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतबाट काँकरभिट्टातर्फ सिटीसफारिमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २८ ग्राम ६ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ बस्ने २४ वर्षीय रामहरी सिलवाल र २३ वर्षीय सुरेन्द्र सिलवाल रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट काँकरभिट्टातर्फ सिटीसफारीमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १ सय २५ किलोग्राम सहित धादिङ गल्छी गाउँपालिका-८ गैरीगाउँ बस्ने ३१ वर्षीय राम बहादुर तामाङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले मनहरीबाट बारातर्फ जाँदै गरेको बा.२१ च ३०८५ नम्बरको पिकअप गाडीलाई जाँच गर्दा गाडीको पछाडी ढाला भित्र बोराले छोपी लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी चालक राम बहादुरलाई पक्राउ गरेको हो । सिराहा, नवराजपुर गाउँपालिका-५ कुसण्डीबाट अवैध लागूऔषध गाँजा करिब १७ किलोग्राम सहित भगवानपुर गाउँपालिका-२ गमरियाटोल बस्ने ५० वर्षीय शिवनाथ यादवलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झाझपट्टी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा, धनकुटा नगरपालिका-९ बस्ने ३१ वर्षीय सरोज क्षेत्री र २९ वर्षीय प्रेम थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरूवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।