जुवातास खेलिरहेको अवस्थामा १७ पक्राउ
२०८२-०३-२३
- A
- A-
- A+
कास्की, पोखरा महानगरपालिका-१० रक्षा मार्ग बस्ने ३९ वर्षीय दिपेन पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपेन समेत ९ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २२ हजार ८० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी कास्की, पोखरा महानगरपालिका-१५ घलेचोक डेरा गरी बस्ने पर्वत घर भएका ४२ वर्षीय हिमाल गुरूङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत ८ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार ९ सय ८५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।