प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८२-०३-२३

  • A
  • A-
  • A+
Share

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-६ घर भएका ३२ वर्षीय रोहन भन्ने फिन्चु लामा र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने संखुवासभा खाँदबारी नगरपालिका-३ घर भएका २९ वर्षीय उत्तम खड्का रहेका छन् । 

पक्राउ मध्ये लामाले लिथुआनिया, रोमानिया लगायतका देशहरू पठाइदिन्छु भन्दै ४५ जना पीडितहरूबाट १ करोड ८० लाख ९३ हजार रूपैयाँ र खड्काले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लामालाई काठमाडौं महानगरपालिका-१० बाट शुक्रबार र खड्कालाई कागेश्वरी मनोहरा नगरपालिका-८ बाट आइतबार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

सम्बन्धित समाचार
श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ
२०८२-०५-०१

काठमाडौं, आफ्नै श्रीमती २७ वर्षीया ललिता विकको हत्या गरी फरार रहेका बुढानिलकण्ठ नगरपालिका-२ भंगाल बस्ने २८ वर्षीय सन्तोष सेन्चुरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका-२६ गोगबु मित्रनगरस्थित कञ्चन कोशी होटल एण्ड लजको कोठा नम्बर २०१ मा ललिताको हत्या भएको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न सन्तोषलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा पर्सा वीरगंजबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा ललिता र सन्तोष बिच सम्बन्ध बिच्छेद गर्न भनी सहमती भई दुबै जना भिन्न बस्दै गरेको र २०८२ साउन २७ गते सम्बन्ध बिच्छेदको अन्तिम छलफल गर्ने भनी ललितलाई उक्त होटलमा बोलाई हत्या गरेको खुल्न आएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।

वैदेशिक रोजगार ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०४-२९

काठमाडौं, वैदेशिक रोजगार ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-९ बस्ने बझाङ बंगुल नगरपालिका-६ घर भएका २९ वर्षीय त्रिलोक सिंहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय शिशुवा कास्कीको समन्वयमा कास्की पोखरा महानगरपालिका-२७ डाँडाकोनाकबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।