प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

२०८२-०३-२४

  • A
  • A-
  • A+
Share

सुनसरी, बराहक्षेत्र नगरपालिका-१ सत्र नम्बरबाट अवैध लागूऔषध गाँजा करिब ९ किलो ५ सय ग्राम सहित भोजपुर आमचोक गाउँपालिका-८ बस्ने २१ वर्षीय अंकित मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८२-०४-३०

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१० कपन रूद्रमती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम १ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-११ बस्ने कालिकोट सान्नी त्रिवेणी गाउँपालिका-६ घर भएका १८ वर्षीय किशोरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, टोखा नगरपालिका-७ बाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ सय ६२ ट्याब्लेट, डाईजेपाम २८ एम्पुल, नोर्फिन ९० एम्पुल र फेनारगन ३५ एम्पुल सहित काठमाडौं बौद्ध नयाँबस्ती बस्ने काभ्रे रोशी गाउँपालिका-१ घर भएका ३२ वर्षीय बिजय तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग तिलिङ्गेटारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।मोरङ, रंगेली नगरपालिका-९ फर्साडाँगीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४१ ग्राम ९ सय २० मिलिग्राम सहित २ जनालाई  बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रंगेली नगरपालिका-५ बस्ने १९ वर्षीय रिंकु कुमार शर्मा र भारत बिहार मुरारीपुर-१ बस्ने २९ वर्षीय राकेश प्रमाणी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-३ एकलाईनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४७ ग्राम ७ सय १० मिलिग्राम सहित दाङ तुलसीपुर उपमहानगरपालिका-६ बस्ने २८ वर्षीय विर बहादुर विकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट नगरभवनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ अरनिकोटोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१७ दोभान बस्ने ३० वर्षीय विवेक खड्का र  सोही उपमहानगरपालिका-४ हुप्राचौर बस्ने २६ वर्षीय सुशान्त मैनाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बा.प्र.०३-००६ प २६४५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा सोही उपमहानगरपालिका-१० बसपार्क बस्ने ४२ वर्षीय सन्तोष कार्कीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ५० मिलिग्राम र नगद ३ लाख १७ हजार रूपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो ।   यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५ सानो पोखरा डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१० घर भएका २४ वर्षीय राजीव मोक्तानलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ । सुनसरी, धरान उपहानगरपालिका-१६ बस्ने २२ वर्षीय रकिल राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ५० ट्याब्लेट सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८२-०४-२९

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-११ बस्ने २१ वर्षीय विक्रान्त वली समेत ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले भेरीबाट सुर्खेततर्फ आउँदै गरेको भे. १ ह ७०७९ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ७ किलोग्राम सहित चितवन राप्ती नगरपालिका-१२ तिरूवा बस्ने २७ वर्षीय रोहित चेपाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले नारायणगढबाट वीरगंजतर्फ जाँदै गरेको ना.७ ख ६९१ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । सुनसरी, ईटहरी उपमहानगरपालिका-११ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार २ सय ६० ट्याब्लेट र डिकोलिक ५ सय १० ट्याब्लेट सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ सुन्दरहरैँचा नगरपालिका-७ बस्ने २४ वर्षीय सलमान मंसुरी, सिराहा घर भएका २४ वर्षीय होम मुखिया, ईटहरी उपमहानगरपालिका-१४ बस्ने २२ वर्षीय कोरूजित सरदार र सोही नगरपालिका-११ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी खनार समेतबाट खटिएको प्रहरीले ईटहरी उपमहानगरपालिका-११ बस्ने ३० वर्षीय मो.अवजल मियाको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ । प्रहरीले हाल फरार अवजल मियाको खोजी गरिरहेको छ । धनुषा, मिथिला नगरपालिका-२ नक्टाझिजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मिथिला नगरपालिका-६ ढल्केबर बस्ने ४८ वर्षीय पप्पु साह र बारा परवानीपुर गाउँपालिका-२ बस्ने ३० वर्षीया सेलो देवी राम रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले जनकपुरबाट ढल्केबरतर्फ आउँदै गरेको बा. ८७ प ९६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१३ मलाया रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८ ग्राम सहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार अररीया थाना जोगवनी बस्ने ३९ वर्षीय अहमद अली, ५१ वर्षीय मो.सराजुल र ३५ वर्षीया रूबी खातुन रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरको हो ।  झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ मिलिग्राम सहित भद्रपुर नगरपालिका-९ डाँगीबारी बस्ने २१ वर्षीय बिमल विश्वकर्मालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेचीपुल समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०४-२८

झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ७० मिलिग्राम सहित सोही नगरपालिका-७ गार्मेन्ट चोक बस्ने २९ वर्षीय सागर पौडेललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रुपरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.७ प २८९१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोकेबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ३० मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-३ बस्ने ३० वर्षीय निर्मल रोकायालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, गुलरिया नगरपालिका-११ लालपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-४ तुलापुर बस्ने २४ वर्षीय सन्तोष गोडियालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्राम सहित मधुवन नगरपालिका-३ बस्ने २३ वर्षीय राज कुमार परियारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-६ मैनापोखरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका-४ बस्ने २९ वर्षीय धर्म बहादुर परियार र २८ वर्षीय जिवन सुनार रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, इनरूवा नगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-१६ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-३ सिसा पोष्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित गोदावरी नगरपालिका-२ बस्ने २६ वर्षीय बिरेन्द्र साउदलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले भारतबाट धनगढीतर्फ आउँदै गरेको बा.६२ प १२३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगपालिका-८ बस्ने ३७ वर्षीया रामरती रानालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  मोरङ, पथरी शनिश्चरे नगरपालिका-१० शिविर क्याम्प बस्ने ३४ वर्षीय रोबिन राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८१ ट्याब्लेट र भोमाइन ६० ट्याब्लेट सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।बाँके, नेपालगंज उपमहानगरपालिका-१४ उदयपुर बस्ने २८ वर्षीय रमेश लोनियालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम ५ सय मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ, नेपाली रूपैयाँ र भारतीय रूपैयाँ समेत गरी जम्मा नगद २२ लाख ३ हजार ९ सय १५ रूपैयाँ, सुन तथा चाँदीका विभिन्न गरगहना, खुकुरी ५ थान, मोटरसाइकल २ थान, मोबाइल १० थान लगायतका सामानहरू फेला पारी उनलाई पक्राउ गरेको हो । साथै घटनामा संलग्न रहेका ४ जनालाई थप अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८२-०४-२७

काठमाडौं, काठमाडौं महानगरपालिका-३१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २९ ग्राम र नगद १२ हजार ४ सय ५० रूपैयाँ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धनकुटा पाख्रिबास नगरपालिका-५ घर भएका ३१ वर्षीय डिल्ली बहादुर कटुवाल र काठमाडौं महानगरपालिका-३१ मध्यबानेश्वर बस्ने झापा भद्रपुर नगरपालिका-२ घर भएका ३० वर्षीय शैलेश थापा मगर रहेका छन् । प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले डिल्ली बहादुरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-१६ गणेशस्थान मार्गबाट नियन्त्रित लागूऔषध नोर्फिन १२ एम्पुल, डाईजेपाम १२ एम्पुल, फेनारगन १२ एम्पुल र नगद ९ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने ३७ वर्षीय प्रदिप खड्गीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यसैगरी  काठमाडौं महानगरपालिका-६ बौद्ध स्तुपाबाट नियन्त्रित लागूऔषध नोर्फिन ३९ एम्पुल, फेनारगन ३९ एम्पुल, डाईजेपाम ४० एम्पुल र नगद ९० हजार रूपैयाँ सहित ललितपुर कुपनडोल बस्ने दोलखा शैलुङ गाउँपालिका-४ घर भएका २५ वर्षीय मनोज श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, झापा गाउँपालिका-४ सुकुमबासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-९ मिलनचोक बस्ने ३१ वर्षीय अनिल राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.७ प ६८३२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ स्थित मेचीवान होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम र नगद १ लाख २२ हजार ९० रूपैयाँ सहित ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बस्ने २४ वर्षीय पकंज मैनाली, ३३ वर्षीय सरोज पौडेल, भद्रपुर नगरपालिका-१० बस्ने ४० वर्षीय शंकर चिमरिया, हल्दिवारी गाउँपालिका-४ बस्ने ३४ वर्षीय प्रदिप राई र हुम्ला नाम्खा गाउँपालिका-१ दिङगा बस्ने ३५ वर्षीय राजु लामा रहेका छन् । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उक्त होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको   हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।