बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०३-२८
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने महोत्तरी बर्दिबास नगरपालिका-६ घर भएका ६२ वर्षीय शिव शंकर बराललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट २०८१ फागुन १९ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कपनबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।