प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ

२०८२-०३-२८

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-३२ जडिबुटी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३७ ग्राम ९ सय ८० मिलिग्राम सहित इलाम माई नगरपालिका-५ घर भएका २६ वर्षीय केशव राईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सिराहा, औरही गाउँपालिका-५ मलाह टोलबाट अवैध लागूऔषध गाँजा करिब २ सय १२ किलो ९ सय २५ ग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय राम उदगार मलाहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा गाडीबाट लागूऔषध गाँजा झार्दै गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिराहा र प्रहरी चौकी औरहीबाट खटिएको संयुक्त टोलीले ७ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी राम उदगारलाई प्र.२-०१-००३ प २१५४ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । साथै प्रहरीलाई देख्नासाथ गाडी सहित फरार भएका अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । 

मोरङ, पथरीशनिश्चरे नगरपालिका-१ शिखर चोक बस्ने २६ वर्षीय कोयुवराज थापा मगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१३ मलाया रोड नहरबाट अवैध लागूऔषध गाँजा १५ किलो ३५ ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-४ बस्ने ४७ वर्षीय बैजनाथ चौधरी र धनकुटा, धनकुटा नगरपालिका-८ बस्ने ४८ वर्षीय निर्पेश राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले को.१० प ७०७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको  हो ।  

यसैगरी मोरङ, कानेपोखरी गाउँपालिका-२ केरौन बस्ने २५ वर्षीय संजय चौधरीलाई नियन्त्रित लागूऔषध स्पासपेन ९० ट्याब्लेट र ट्रामाडोल १ सय ५ ट्याब्लेट सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

स्याङ्जा, भीरकोट नगरपालिका-२ बयरघारी बस्ने ३४ वर्षीय शिव कुँवरलाई नियन्त्रित लागूऔषध नाईट्रोसन ८८ ट्याब्लेट सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दहथुम समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

चितवन, कालिका नगरपालिका-५ मित्र चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९४ ट्याब्लेट, एनारगन १ सय ७८ ट्याब्लेट र भोमिन १६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २५ वर्षीय सुरज सिम्खडालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट पदमपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

कैलाली, गोदावरी नगरपालिका-२ शान्ति टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ६० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय रबिन कुमार मल्ल र डोटी पुर्वीचौकी गाउँपालिका-४ बस्ने २८ वर्षीय काले भन्ने तेज बहादुर खड्का रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले रबिनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । 

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ पुरानो भन्सार रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-२ कटान बस्ने १९ वर्षीय दिपक बोहरालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

तनहुँ, आबुँखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ८ सय ६६ एम्पुल, फेनारगन ८ सय ६६ एम्पुल र बुप्रेनोर्फिन ८ सय ६६ एम्पुल सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही ओमसतिया गाउँपालिका-५ बस्ने ३५ वर्षीया मालती लोध र ५० वर्षीया शिला हरिजन रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१-००६ ख ७२८३ नम्बरको माइक्रो बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय २० मिलिग्राम सहित सप्तरी सुरूङ्गा नगरपालिका-५ बस्ने २८ वर्षीय रधिर कुमार चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमान, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले राजविराजबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ३६१ नम्बरको हायस गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९५ ग्राम ५० मिलिग्राम र नगद ५६ हजार रूपैयाँ सहित रूपन्देही मायादेवी गाउँपालिका-४ बस्ने ४७ वर्षीय भगवान दास लोनियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमान, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ५०७५ नम्बरको हायस गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८२-०४-२०

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-८ बेशीगाउँस्थित सडकबाट नियन्त्रित लागूऔषध नोर्फिन १ सय ६२ एम्पुल, फेनारगन १ सय ६२ एम्पुल, डाईजेपाम १ सय ६८ एम्पुल र नगद ५ हजार ८ सय ५५ रूपैयाँ सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ गोकर्ण बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-१ घर भएका २९ वर्षीय छिरिङ लामा र २२ वर्षीय प्रदिप श्रेष्‍ठ रहेका छन् । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । धनकुटा, धनकुटा नगरपालिका-९ मुलघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ५ सय मिलिग्राम सहित शहिदभुमी गाउँपालिका-५ बस्ने ३० वर्षीय सन्ताप राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले भेडेटारबाट धनकुटातर्फ आउँदै गरेको प्रदेश १-०२-०५७ प ५०५४  नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय २० मिलिग्राम सहित साँगुरगढी गाउँपालिका-६ बस्ने २७ वर्षीय सिरेश राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी  कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ९० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामधुनी नगरपालिका-५ बस्ने २५ वर्षीय निरज खड्का र इटहरी उपमहानगरपालिका-१७ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, कोशी गाउँपालिका-७ हरिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४४ ग्राम ३ सय ९० मिलिग्राम सहित मोरङ केराबारी गाउँपालिका-८ बस्ने २८ वर्षीय बाल कुमार पाण्डेलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हरिपुरबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २९९६ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, मिक्लाजुङ गाउँपालिका-९ गणेश चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित सोही गाउँपालिका-७ बस्ने २० वर्षीय बिक्रम लिम्बुलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मधुमल्लबाट खटिएको प्रहरीले मिक्लाजुङ गाउँपालिका-९ गणेश चोक बस्ने भुपाल खत्रीको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार भुपालको खोजी गरिरहेको छ ।  उदयपुर, त्रियुगा नगरपालिका-६ जलजले ढाँटबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १ सय ६० ट्याब्लेट सहित त्रियुगा नगरपालिका-३ बस्ने ३२ वर्षीय कुमार बुढाथोकी समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले लाहानबाट गाईघाटतर्फ आउँदै गरेको ना.१ च ८३९१ नम्बरको विङ्गरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१७ बिरौटा घारीकुलोबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ६६ एम्पुल, फेनारगन १ सय ६९ एम्पुल र बुप्रेनोर्फिन १ सय ६६ एम्पुल सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने स्याङ्जा घर भएकी ३२ वर्षीया रिना थापा मगर, ३४ वर्षीय विश्‍वास गुरूङ र पर्वत घर भएका ३९ वर्षीया मिना थापा मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले रिनाको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।  रूकुम पश्‍चिम, मुसिकोट नगरपालिका-३ पिपलनेटाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय युवराज विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूकुम पश्‍चिम समेतबाट खटिएको प्रहरीले खलंगादेखि माझमीतर्फ जाँदै गरेको रा.२ प ६०२८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, छिपरमाइ गाउँपालिका-३ झलमैया चोकबाट अवैध लागूऔषध गाँजा १ किलोग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय चुनु कुमार यादवलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बुढगाइबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  सुर्खेत, लेकबेशी नगरपालिका-१० बडीपाटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम र नगद १ हजार रूपैयाँ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका-३ बस्ने २१ वर्षीय नबिन रावल र २५ वर्षीय रूपेश भण्डारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको भे.३ प २१४४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब ४ सय ७० किलो गाँजा सहित ट्रक चालक पक्राउ
२०८२-०४-१९

महोत्तरी, रामगोपालपुर नगरपालिका-५ रामगोपालपुर चोकबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ७० किलो ९ सय ६० ग्राम सहित मकवानपुर राक्सिराङ गाउँपालिका-४ बस्ने २६ वर्षीय मान बहादुर मुक्तानलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको ना.६ ख २९१९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा १० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक मान बहादुरलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०४-१९

काठमाडौं, तारकेश्वर नगरपालिका-११ नेपालटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५० एम्पुल, नोर्फिन ५४ एम्पुल र ट्रामाडोल ४० ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने सोलुखुम्बु दुधकुण्ड नगरपालिका-९ घर भएका ३० वर्षीय सन्तोष तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नेपालटारबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा सोही नगरपालिका-९ बस्ने ६० वर्षीया ईश्वरी बखती र उनकै बुहारी २६ वर्षीया प्रभा खत्रीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ५ हजार १ सय ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ । साथै तारकेश्वर नगरपालिका-७ फुटुङस्थित प्रभाको माईतीघरबाट थप ट्रामाडोल १५ हजार ७ सय ५० ट्याब्लेट प्रहरीले बरामद गरेको छ । यसैगरी तारकेश्वर नगरपालिका-९ बस्ने नुवाकोट घर भएका ३१ वर्षीय राम बखतीलाई समेत ट्रामाडोल १ हजार १ सय ९० ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१ धम्बोजीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय अनुप कुर्मीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिकमा-१५ रातोमाटे चेकप्वाईन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम २ मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ चाईना क्वाटर बस्ने २२ वर्षीय समिर मोक्तान र सोही उपमहानगरपालिका-१० बस्ने धनुषा गणेशमान चारनाथ नगरपालिका-४ घर भएका २४ वर्षीय सिद्धार्थ आलेमगर रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०६-००१ज ०४१४ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-२७ रिठ्ठेपानी डेरा गरी बस्ने धादिङ सिद्धलेक गाउँपालिका-१ कालिदह घर भएका २४ वर्षीय राजन गुरूङलाई नियन्त्रित लागूऔषध नोर्फिन २ सय ५८ एम्पुल, डाइजेपाम १ सय ७६ एम्पुल र फेनारगन २ सय २४ एम्पुल सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ३ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अछाम साँफेबगर नगरपालिका-३ बस्ने  २२ वर्षीय हेमराज कुँवर र कैलाली गोदावरी नगरपालिका-११ बस्ने २६ वर्षीय बिक्रम विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले  उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सर्लाही, लालबन्दी नगरपालिका-१५ बाट अवैध लागूऔषध गाँजा ५ किलो ३ सय ३० ग्राम सहित सोही नगरपालिका-१४ बस्ने २१ वर्षीय संजित घिसिङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरीले कालिन्जोरबाट परवानीपुरतर्फ आउँदै गरेको बा.प्र.०२-०३२ प ५९१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक संजितलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकलमा सवार १ जनाको खोजी गरिरहेको छ । झापा, शिवसताक्षी नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय राजेन्द्र कुमार ताजपुरिया र सोही नगरपालिका-४ बस्ने २१ वर्षीय अजय ताजपुरिया रहेका छन् । इलाका प्रहरी कार्यालय शिवगंज समेतबाट खटिएको प्रहरीले राजेन्द्रको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ८ जना पक्राउ
२०८२-०४-१८

जुम्ला, चन्दननाथ नगरपालिका-१० बोहोरा गाउँ बस्ने २० वर्षीय टिकराज कामीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ९० मिलिग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, बेदकोट नगरपालिका-९ लालपुर बस्ने ३० वर्षीय गणेश बिष्टलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८६ मिलिग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१५ बाट नियन्त्रित लागूऔषध ट्रामोल २ हजार ९ सय १० ट्याब्लेट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१५ घर भएका ३६ वर्षीय हेम बहादुर तामाङ र सोही उपमहानगरपालिका-१६ बस्ने धनकुटा घर भएका २८ वर्षीय मिलन थापा मगर रहेका छन् । इलाका प्रहरी कार्यालय धरान समेतबाट खटिएको प्रहरीले मिलनको डेरा कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी  दुबै जनालाई पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-३ ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ बस्ने २१ वर्षीय आर्यमन चौधरीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय राजेश चौधरी र २८ वर्षीय भुवन चौधरी रहेका छ्न् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१७ गाजिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ७ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय धिरज लामालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय  चितवनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित आठ जना पक्राउ
२०८२-०४-१८

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध सेतो हेरोइन जस्तो देखिने वस्तु करिब ४ किलो २ सय ५ ग्राम सहित भारतीय नागरिक ३२ वर्षीय MOULEESWARAN NANJUNDAMORTHI KARUNAI VEL आइतबार दिउँसो पक्राउ परेका छन् । थाई एयरलाईन्सको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त वस्तु फेला पारी पक्राउ गरिएको हो । उनलाई आवश्यक अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।  यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध सेतो हेरोइन जस्तो देखिने वस्तु करिब ४ किलो २ सय ग्राम सहित भारतीय नागरिक ६६ वर्षीय AHAMAD FIROJ शनिबार दिउँसो पक्राउ परेका छन् । थाई एयरलाईन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त वस्तु फेला पारी पक्राउ गरिएको हो । उनलाई आवश्यक अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।  रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१२ देवकोटा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम १ सय ३० मिलिग्राम सहित ओमसतिया गाउँपालिका-२ पड्षरी बस्ने २१ वर्षीय बिजय नेपालीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट देवकोटा चोक र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३ सय १ सय मिलिग्राम सहित सुनसरी बराहक्षेत्र नगरपालिका-७ बस्ने ३२ वर्षीय मनोज बस्नेतलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३३ प १७५८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सप्तरी, छिन्नमस्ता गाउँपालिका-१ बरहिबिरपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय बिशाल राय र डाकनेश्वरी नगरपालिका-७ मझौरा बस्ने ३५ वर्षीय मनोज राय रहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरी र लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौंबाट खटिएको प्रहरीले स.८ प ८२२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  धनकुटा, चौबिसे गाउँपालिका-६ राजारानी चोकबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित सोही गाउँपालिका-६ बस्ने २ जना किशोरलाई आइतबार बिहान प्रहरी पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
२०८२-०४-१७

काठमाडौं, तारकेश्वर नगरपालिका-४ शेषमतीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३० ट्याब्लेट सहित सोही ठाउँ बस्ने लमजुङ घर भएका २४ वर्षीय मिलन परियारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने २५ वर्षीय शाहिल अलि देवानलाई सोही महानगरपालिका-१६ बालाजुबाट ट्रामाडोल ३ सय ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ । सुर्खेत, भेरीगंगा नगरपालिका-१२ छिन्चुबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ६ सय मिलिग्राम सहित वीरेन्द्रनगर नगरपालिका-३ एरिचोक बस्ने मुगु खत्याड गाउँपालिका-३ घर भएका २५ वर्षीय सुरेश शाहीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै क.प्र.०२-००१ ज ०६९८ नम्बरको भ्यानमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुर्खेत, भेरीगंगा नगरपालिका-१० झिलमिले बस्ने हिमा पुनलाई अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १३ ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ट्याब्लेट र नाईट्राजेपाम १४ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ घोराही उपमहानगरपालिका-११ बस्ने १९ वर्षीय महेश बुढाथोकी र रूकुम पश्चिम मुसिकोट नगरपालिका-१ बस्ने १९ वर्षीय ईश्वर परियार रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सिराहा, औरही गाउँपालिका-४ नयाँ कमलपुर गाउँबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३ किलोग्राम   सहित गोलबजार नगरपालिका-१ मुक्सार बस्ने ४२ वर्षीय जय राम जोशी समेत ९ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । पर्सा, पटेर्वा सुगौली गाउँपालिका-४ करबोला चोकबाट अवैध लागूऔषध गाँजा ८ किलो ४ सय ४० ग्राम सहित पर्सागढी नगरपालिका-९ एकटाङ्गा बस्ने ३४ वर्षीय जग मोहन यादवलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले बीआर ०५ एजि ६८०५ नम्बरको मोटरसाइलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-९ बस्ने ३८ वर्षीय नरेन राजबंशीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी घोडामाराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-५ प्रस्याङ बस्ने म्याग्दी घर भएका ३२ वर्षीय सुशिल परियार समेत २ जनालाई नियन्त्रित लागूऔषध डाईजेपाम ४३ एम्पुल, आईपिपिएल ४३ एम्पुल र फेनारगन ४३ एम्पुल सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले सुशिलको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।