प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८२-०३-२९

  • A
  • A-
  • A+
Share

दाङ, ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-७ भुह्यारथान डेरा गरी बस्ने रूकुम पश्चिम चौरजहारी नगरपालिका-११ घर भएका ३५ वर्षीय बिर बहादुर वलीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

बिर बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार