बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०३-३१
- A
- A-
- A+
काठमाडौं, ३२ असार, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-७ भंगाल बस्ने रोल्पा, रोल्पा नगरपालिका-४ घर भएका २६ वर्षीया आदिति सेनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुढानिलकण्ठ नगरपालिका-७ भंगालबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।