अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८२-०३-३१
- A
- A-
- A+
काठमाडौं, ३२ असार
काठमाडौं महानगरपालिका-२७ स्थित एक होटलबाट अवैध लागूऔषध एम्फेटामाईन १ सय ५५ ग्राम सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट म्यागङ गाउँपालिका-३ घर भएका ३८ वर्षीय कमल बहादुर तामाङ, ३२ वर्षीय दिपेन्द्र तामाङ, बारा जीतपुरसिमरा उपमहानगरपालिका-१६ घर भएका २९ वर्षीय उग्रेन लामा र २७ वर्षीय उमेश भोलोन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१७ साकेला थानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७ सय ६० ट्याब्लेट र डिकोलिक ८ सय ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० बस्ने २४ वर्षीय अंकित राई र सोही उपमहानगरपालिका-६ बस्ने २१ वर्षीय भरत मगर रहेका छन् । अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।