जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०४-०१
- A
- A-
- A+
डोल्पा, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रिपुरासुन्दरी नगरपालिका-६ बस्ने ४० वर्षीय यादव विकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
यादवले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय करबगार्डबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।