अवैध लागूऔषध सहित पक्राउ
२०८२-०४-०१
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ हजार ५ सय ९० ट्याब्लेट र अवैध लागूऔषध गाँजा १२ किलो ५ सय ग्राम सहित मोरङ बेलबारी नगरपालिका-३ घर भएका ३२ वर्षीय निकु राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।