जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
२०८२-०४-०२
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-११ डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका-११ घर भएका ४२ वर्षीय साईला गोलेको कोठामा जुवातास खेलिरहेको अवस्थामा साईला समेत १३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २८ हजार २ सय ६५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।