प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

किर्ते गरेको अभियोगमा पक्राउ

२०८२-०४-०२

  • A
  • A-
  • A+
Share

काठमाडौं, विभिन्न सरकारी कार्यालय तथा बैंकहरूको छाप तथा विवरण तयार गरी किर्ते गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बस्ने झापा धरमपुर घर भएका ५२ वर्षीय सफराज खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

सफराजले किर्ते गरी विभिन्न कागजात, बैंक स्टेटमेन्ट, विभिन्न निकायबाट जारी हुने प्रमाणपत्रहरू बनाउने गरेको भन्ने  सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३ महाराजगंज चोकबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनको कोठाबाट विभिन्न कार्यालयका होलोग्राम, विभिन्न सरकारी कार्यालय, जिल्ला अदालत, बैंक तथा वित्तीय संस्थाका रबर स्ट्याम्प, विभिन्न शैक्षिक संस्थाको प्रमाणपत्र, विभिन्न बैंक तथा वित्तीय संस्थाका बैंक स्टेटमेन्ट, प्रिन्टर २ थान, सिपियु १ थान, स्क्यानर १ थान लगायतका सामान समेत बरामद गरेको छ । 

प्रारम्भिक अनुसन्धानको क्रममा सफराजले बिगत २ वर्ष देखि आफ्नै पसलमा विभिन्न शैक्षिक संस्था, सरकारी कार्यालय तथा राजनैतिक पार्टीहरूको नक्कली छाप, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको लेटर प्याड, बैंकिङ कारोबारको विवरण र नक्कली रबर स्ट्याम्प समेत तयार गर्ने गरेको खुल्न आएको छ । 

उनी उपर लिखत सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
हत्या गरेको अभियोगमा दुई जना पक्राउ
२०८२-०४-१८

ललितपुर, आफ्नै श्रीमती ३४ वर्षीया कमलामाया खड्कीको हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका-१४ ठैव बस्ने काठमाडौं चन्द्रागिरी नगरपालिका-८ घर भएका ४६ वर्षीय निरोज कुमार खड्कीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । निरोजले कुटपिट गर्दा कमलामायाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  पर्सा, आफ्नै श्रीमती २४ वर्षीया अस्पतलिया देवीको हत्या गरेको अभियोगमा जिराभवानी गाउँपालिका-५ शंकरसरैया मुसहर टोल बस्ने २६ वर्षीय जितन माझीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जितनले वादविवादको क्रममा  कुटपिट गर्दा अस्पतलियाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट शंकरसरैयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०४-१७

ताप्लेजुङ, आफ्नै भाइ २० वर्षीय रोशन विकको हत्या गरेको अभियोगमा आठराई त्रिवेणी गाउँपालिका-४ आहाले बस्ने २२ वर्षीय मन कुमार विकलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी विषयलाई लिएर मन कुमारले खुकुरी प्रहार गर्दा रोशनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको   हो । कैलाली, बर्दगोरिया गाउँपालिका-३ बस्ने १७ वर्षीया याचना सेजवालको हत्या गरेको अभियोगमा सोही गाउँपालिका-१ बौनियास्थित राजधानी सेकुवा एण्ड मम सेन्टर होटलमा काम गर्ने सोही गाउँपालिका-१ बस्ने ३३ वर्षीय नृप भन्ने निरज साउदलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । निरजले चक्कु प्रहार गर्दा याचना गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सडकपुर र इलाका प्रहरी कार्यालय सुक्खडबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएकी याचनाको निषर्ग अस्पताल प्रालि धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ
२०८२-०४-१६

काठमाडौं, हत्यामा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ गोल्कुपाखा बस्ने नुवाकोट ककनी गाउँपालिका-८ मात्रागाउँ घर भएका ४२ वर्षीय श्याम कालीकोटेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२५ न्ह्योखामा भारत पश्चिम बंगाल घर भएका ५३ वर्षीय सुर्वता पालको साउन १४ गते राति हत्या भएको घटनामा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ मित्रनगर बसपार्कस्थित होटलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ । 

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०४-१६

पाँचथर, आफ्नै श्रीमती २२ वर्षीया अनु राईको हत्या गरेको अभियोगमा फालेलुङ गाउँपालिका-७ आहाले बस्ने २७ वर्षीय महेन्द्र तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । फिदिम नगरपालिका-१ नाम्दुस्थित ससुराली घरमा बिहीबार राति महेन्द्रले कोदालोको पासो प्रहार गर्दा अनु गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर पठाएकोमा उनको बिएण्डसी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो । साथै सोही कार्यालयबाट खटिएको प्रहरीले महेन्द्रलाई फिदिम नगरपालिका-६ गोलेगाउँबाट पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०४-१६

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-६ खहरे बस्ने संखुवासभा चिचिला गाउँपालिका-१ घर भएकी ५१ वर्षीया दुर्गा देवी गुरूङ र काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने पर्सा वीरगंज महानगरपालिका-१५ घर भएका ६० वर्षीय महमद जौवाद अंसारी रहेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उच्च अदालत पाटनको २०७९ फागुन २३ गतेको फैसलाले उक्त मुद्दामा ३ लाख रूपैयाँ जरिवाना, १ दिन कैद र क्षतिपुर्ती बापत शुल्क १२ हजार रूपैयाँ पीडित राहत कोषमा बुझाउनु पर्ने सजाय ठहर भई फरार रहेकी दुर्गालाई काठमाडौं खहरेबाट बुधबार पक्राउ गरेको हो । साथै सोही मुद्दामा फरार रहेका महमदलाई काठमाडौं कुलेश्वरबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो ।  उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।