प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८२-०४-०२

  • A
  • A-
  • A+
Share

पाल्पा, २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका-७ बस्ने ५२ वर्षीय खुम बहादुर क्षेत्रीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । खुम बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

झापा, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ मिक्लाजुङ गाउँपालिका-९ वानडाँडा बस्ती बस्ने २४ वर्षीय पदम दर्जीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पदमले ती किशोरीलाई दमक नगरपालिका-३ स्थित छाप्रामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई दमक नगरपालिका-५ बाट पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-११-२८

कञ्चनपुर, ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमदत्त नगरपलिका-१० बस्ने ४७ वर्षीय नरेश गिरी र सोही नगरपालिका-९ बस्ने ४० वर्षीय हिरा नाथलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नरेश र हिराले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । म्याग्दी, ५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धवलागिरी गाउँपालिका-७ धारापानी बस्ने ४२ वर्षीय प्रेम बहादुर दमाईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रेम बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मुनाताकमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।