बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०४-०३
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-४ सुकेधारा बस्ने इलाम सन्दकपुर गाउँपालिका-२ माईमाजुवा घर भएकी ५० वर्षीया तेजुमाया गुरूङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७९ साउन १७ गतेको फैसलाले उक्त मुद्दामा ३ लाख ५० हजार रूपैयाँ जरिवाना, ३ दिन कैद र क्षतिपूर्ती वापत १६ हजार रूपैयाँ पीडित राहत कोषमा बुझाउनुपर्ने सजाय ठहर भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं सुकेधाराबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको छ ।