प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ

२०८२-०४-०३

  • A
  • A-
  • A+
Share

   मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२ पुरानो मनकामना पथ डेरा गरी बस्ने बकैया गाउँपालिका-९ घर भएका २१ वर्षीय अंकित दोङलाई नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय ११ ट्याब्लेट र ट्रामाडोल ५ सय ३१ ट्याब्लेट सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ भोर्ले बस्ने ३० वर्षीय उमेश मोक्तानलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय १० मिलिग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको बा.प्र.०३-००५ प ९४९३ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । 

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ९ सय १० मिलिग्राम सहित पर्सा पोखरीया नगरपालिका-१ बनकटवा बस्ने २७ वर्षीय अकलेश महत्तो कुशहवालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले वीरगंजबाट हेटौंडा कमानेतर्फ आउँदै गरेको ना.३७ प ६४४९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२ संगम चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ चौकी टोल बस्ने २० वर्षीय सतिस लामा समेत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सप्तरी, राजबिराज नगरपालिका-७ रंगशाला नजिक बस्ने ५३ वर्षीय नारायण बहादुर कार्कीलाई नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ३ सय ८२ ट्याब्लेट, नाईट्राजेपाम १ सय ४९ ट्याब्लेट, नगद २ लाख ५० हजार ५ सय १० नेपाली रूपैयाँ, ६ हजार ३ सय ३० भारतीय रूपैयाँ र मोबाइल १३ थान सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

बर्दिया, गुलरिया नगरपालिका-७ चौगुर्जीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने ३५ वर्षीय असगर अलिलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय १० मिलिग्राम सहित डोटी दिपायल सिलगढी नगरपालिका-३ बस्ने १९ वर्षीय दिपेन्द्र नेपालीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, जानकी गाउँपालिका-४ बेलपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय १० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय निरज कठरिया र २० वर्षीय अमन बडायक रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१० सिमलघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ३० मिलिग्राम सहित भारत लखिमपुर खिरी सुडा बस्ने २५ वर्षीय कल्लु रानालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जुगेडा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सिन्धुली, कमलामाई नगरपालिका-८ माईस्थानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय ३० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमलामाई नगरपालिका-६ बस्ने २६ वर्षीय सुदर्शन मग्राती र २५ वर्षीय गुञ्ज बहादुर ओली रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले सिन्धुलीतर्फ आउँदै गरेको ना.३ ख ७९०५ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

सुनसरी, कोशी गाउँपालिका-१ लौकही चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३६ ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका-२ यादव टोल बस्ने ३२ वर्षीय दिनेश कुमार यादव र सप्तरी तिलाठी कोईलाडी गाउँपालिका-८ बस्ने २४ वर्षीय रंजित कुमार यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, ईनरूवा नगरपालिका-४ बस चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७० ट्याबलेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-९ बस्ने १९ वर्षीय प्रबिन बिष्ट र मोरङ बेलबारी नगरपालिका-९ बस्ने अमृत तमाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

झापा, बुद्धशान्ति गाउँपालिका-४ राईचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ३० मिलिग्राम सहित सोही गाउँपालिका-३ बस्ने २२ वर्षीय साजन मगरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय  बुधबारेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०५-०३

सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३७ ग्राम ६ सय २० मिलिग्राम सहित मोरङ सुन्दरहरैँचा नगरपालिका-११ सलकपुर बस्ने ४५ वर्षीय लोक बिक्रम शाहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ३१४९ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१७ रेल्वबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७ ट्याब्लेट सहित सोही नगरपालिका-१७ बस्ने २२ वर्षीय मौषम राई समेत २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बर्दिया, गुलरिया नगरपालिका-९ डब्बा गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित सोही नगरपालिका-१० प्रयागपुर बस्ने ४३ वर्षीय सुरेश लोधलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मथुराबाट खटिएको प्रहरीले डब्बा गाउँबाट टपरा गाउँतर्फ साइकलमा जाँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८२-०५-०३

काठमाडौं, तारकेश्वर नगरपालिका-११ नेपालटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५५ ट्याब्लेट सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने झापा शिवसताक्षी नगरपालिका-४ घर  भएका १९ वर्षीय निकेश यादव र तारकेश्‍वर नगरपालिका-५ बस्ने काठमाडौं महानगरपालिका-२७ घर भएका २६ वर्षीय अश्विन परियार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । डडेलधुरा, अमरगढी नगरपालिका-५ बागबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने नवदुर्गा गाउँपालिका-१ घर भएका २४ वर्षीय सागर सिजपति र २१ वर्षीय डार्बिन रावल रहेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-८ सिमानगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका-७ गुलरिया गाउँ बस्ने २४ वर्षीय निरन्जन यादव र २७ वर्षीय पवन कुमार यादव रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बर्दिया, गुलरिया नगरपालिका-६ शान्तिटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका-७ घर भएका ४० वर्षीय नुर महम्मद नाउलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-८ साघुनघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित गुलरिया नगरपालिका-११ बस्ने २५ वर्षीय रूपेश खटिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी  कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, गुलरिया नगरपालिका-७  महाकवि टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका-६ घर भएका ३२ वर्षीय अजमेयर अलि नाउ लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०५-०२

रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-१२ भबई बस्ने ४३ वर्षीय प्रशुराम लोधलाई अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी सुक्रौलीआमाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  यसैगरी रूपन्देही, गैडहवा गाउँपालिका-५ तेलेण्डिहवाबाट नियन्त्रित लागूऔषध प्रोक्सिको स्पास ३ सय ७० ट्याब्लेट सहित लुम्बिनी साँस्कृतिक नगरपालिका-६ सुण्डीहवा बस्ने २४ वर्षीय टोफिक अहमदलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले लुम्बिनीबाट मंगलपुरतर्फ आउँदै गरेको लु.१७ प ६४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८२-०५-०२

मोरङ, उर्लाबारी नगरपालिका-९ बाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय ५० ट्याब्लेट सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा दमक नगरपालिका-४ बस्ने ४३ वर्षीय केदार ओझा र मोरङ उर्लाबारी नगरपालिका-४ बस्ने २२ वर्षीया एन्जिला दाहाल रहेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले आमबारीबाट उर्लाबारीतर्फ आँउदै गरेको बा.३ च ७९८१ नम्बरको कारलाई जाँच गर्दा उक्त लागूऔषध फेला पारी चालक केदार र कारमा सवार एन्जिलालाई पक्राउ गरेको हो ।  नवलपरासी पश्‍चिम, रामग्राम नगरपालिका-३ मालपोत टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम २ सय १० मिलिग्राम सहित भारत महाराजगंज थाना ठुठिबारी ग्राम चटनिया बस्ने २८ वर्षीय सन्नि कुमारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्‍चिम समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुर बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ठाकुरबाबा नगरपालिका-४ बस्ने २१ वर्षीय अबिशेष चौधरी र सोही नगरपालिका-१ बस्ने २१ वर्षीय विशाल खत्री रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भिमदत्त नगरपालिका-४ डेरा गरी बस्ने कृष्णपुर नगरपालिका-३ बाणी घर भएका २१ वर्षीय सन्दिप जोशीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय १० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको       छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०५-०१

सुनसरी, धरान उपमहानगरपालिका-२० ओशो पार्कस्थित जंगलबाट अवैध लागूऔषध गाँजा करिब ७२ किलोग्राम सहित ५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-२० बस्ने ३० वर्षीय रूपेश राई, २८ वर्षीय मिलन राई, २५ वर्षीय रंजित राई, इटहरी उपमहानगरपालिका-१० बस्ने धनकुटा सहिदभुमी गाउँपालिका-३ घर भएका ३४ वर्षीय प्रदिप राई र धरान उपमहानगरपालिका-१३ बस्ने ३१ वर्षीय सन्तोष राई रहेका छन् । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०५-०१

 सुनसरी, इनरूवा नगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम ३५ मिलिग्राम सहित ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैंचा नगरपालिका-६ बस्ने ३७ वर्षीय रोशन खड्का, ३२ वर्षीय लाल बहादुर विक, धादिङ थाक्रे गाउँपालिका-१० बस्ने ३१ वर्षीय कुमार बिडारी र दोलखा मेलुङ गाउँपालिका-२ बस्ने ३३ वर्षीय राम आछामे रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनकुटा, धनकुटा नगरपालिका-१० उत्तरपानी डेरा गरी बस्ने गरी बस्ने सहिदभुमि गाउँपालिका-६ सुक्याल घर भएका २७ वर्षीय अशोक राईलाई नियन्त्रित लागूऔषध ट्रामोल ६ सय १० ट्याब्लेट, स्पास्पेन ६० ट्याब्लेट, स्पास्मो ९४ ट्याब्लेट र टापेन्टाडोल १० ट्याब्लेट सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनको डेरा कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  धादिङ, बेनीघाट रोराङ गाउँपालिका-९ मझिम्टारबाट अवैध लागूऔषध गाँजा ४ किलो ८ सय ग्राम सहित कास्की पोखरा महानगरपालिका-१५ बस्ने ३२ वर्षीय मिलन परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ८९०० नम्बरको माइक्रोमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  उदयपुर, उदयपुरगढी गाउँपालिका-७ हाडेबासबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ६८ एम्पुल, डाईजेपाम ७२ एम्पुल र प्रोमेथाजाइन ६७ एम्पुल सहित त्रियुगा नगरपालिका-१० बोक्से बस्ने २३ वर्षीय सुजन राउतलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हाडेबासबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका-९ माछागढ बस्ने २९ वर्षीय लबिस सुनार र २७ वर्षीय सुशिल चन्द रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-१८ पिपलडालीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८१ ट्याब्लेट सहित सोही महानगरपालिका-१८ लामगाउँ बस्ने २३ वर्षीय अमन श्रेष्ठ समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले ग.१४ प ४६४३ नम्बरको स्कुटर जाँज गर्दा उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २८ ग्राम ६ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ बस्ने २४ वर्षीय रामहरी सिलवाल र २३ वर्षीय सुरेन्द्र सिलवाल रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट काँकरभिट्टातर्फ आउँदै गरेको सिटि सफारीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।