प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

२०८२-०४-०५

  • A
  • A-
  • A+
Share

ललितपुर, महालक्ष्मी नगरपालिका-१ इमाडोल सम्झनाटोल बस्ने ७० वर्षीय सानुबाबु देउलाको घरमा जुवातास खेलिरहेको अवस्थामा सानुबाबु समेत ७ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार २ सय ५० रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
२०८२-०४-३०

काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित तारकेश्वर नगरपालिका-५ घर भएका ४२ वर्षीय सूर्य लामाले संचालन गरेको होटल एसपिएस गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरको छ । प्रहरी प्रभाग गोंगबु र प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २३ हजार रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरको हो । दाङ, तुलसीपुर उपमहानगरपालिका-५ न्यूरोडस्थित मिलन गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा गेष्ट हाउसका संचालक ४९ वर्षीय कमानसिंह केसी समेत ४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ८ सय ९० रूपैयाँ र ५२ पत्ति तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।