अवैध लागूऔषध गाँजा सहित भारतीय नागरिक पक्राउ
२०८२-०४-०५
- A
- A-
- A+
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १४ किलो २ सय १० ग्राम सहित भारतीय नागरिक ३२ वर्षीय DHARMESH RASIKBHAI CHAUNARA सोमबार दिउँसो पक्राउ परेका छन् ।
थाई एयरलाइन्सको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको छ ।