प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ

२०८२-०४-०६

  • A
  • A-
  • A+
Share

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपलिका-३० बस्ने ४९ वर्षीया लता गुरूङ श्रेष्ठ र काठमाडौं महानगरपालिका-२९ बस्ने खोटाङ ऐसेलुखर्क गाउँपालिका-५ घर भएका ४९ वर्षीय वृहस्पति राई रहेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंको २०८१ मंसिर १६ गतेको फैसलाले उक्त मुद्दामा २ लाख २२ हजार रूपैयाँ जरिवाना, १ दिन कैद र क्षतिपूर्ती बापत शुल्क ८ हजार ८ सय ८० रूपैयाँ पीडित राहत कोषमा बुझाउने पर्ने सजाय ठहर भई फरार रहेकी लतालाई काठमाडौं सितापाईलाबाट सोमबार पक्राउ गरेको हो । 

साथै सोही मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०७९ असार २८ गतेको फैसलाले २० लाख रूपैयाँ जरिवाना, ४ दिन कैद र क्षतिपूर्ती बापत शुल्क ८० हजार रूपैयाँ पीडित राहत कोषमा बुझाउने पर्ने सजाय ठहर भई फरार रहेका वृहस्पतिलाई काठमाडौं शंखमुलबाट आइतबार प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 


सम्बन्धित समाचार
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
२०८२-०६-०९

काठमाडौं, ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी फरार प्रतिवादी धनुषा जनकपुरधाम उपमहानगरपालिका-१६ बस्ने सिन्धुली कमलामाई नगरपालिका-१४ घर भएकी ऐश्वर्या दाहाल पक्राउ परेकी छिन् । युएईमा पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेकी उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ चैत २१ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०६-०९

सुनसरी, इटहरी उपमहानगरपालिका-१६ उब्दी बस्ने ४२ वर्षीय राम कुमार चौधरीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५५ वर्षीय लाले चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । राम कुमारले लेनदेनको विषयलाई कुटपिट गर्दा लाले गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका राम कुमारको विराट टिचिङ अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्य भएको हो । नवलपरासी पूर्व, आफ्नै श्रीमती ३७ वर्षीया संगिता पौडेल पाण्डेको हत्या गरेको अभियोगमा कावासोती नगरपालिका-८ सगरमाथा टोल बस्ने ४२ वर्षीय सूर्य प्रसाद पाण्डेलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सूर्य प्रसादले घरायसी विवादको क्रममा चक्कु प्रहार गर्दा संगिता गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले संगितालाई उपचारको लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।