प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८२-०४-०६

  • A
  • A-
  • A+
Share

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका-४ घर भएकी २९ वर्षीया जुनु राना थापा मगर र काठमाडौं महानगरपालिका-३२ बस्ने बर्दिया गुलरिया नगरपालिका-२ घर भएका ३३ वर्षीय सुदिप कुमार यादव रहेका छन् । 

पक्राउ मध्ये जुनुले स्लोभाकिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख १० हजार रूपैयाँ र सुदिपले सर्बिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १८ लाख ५४ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जुनुलाई काठमाडौं महानगरपलिका-१५ बाट र सुदिपलाई काठमाडौं महानगरपालिका-३० बाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ  । 

सम्बन्धित समाचार
हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०५-२४

पर्सा, छिपहरमाई गाउँपालिका-५ भिष्वा बस्ने ३० वर्षीय महमद मुराद मियाँको हत्या गरेको अभियोगमा २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-५ सल्ले भुम्लु बस्ने २१ वर्षीय मनिक पराजुली र बारा जीतपुरसिमरा उपमहानगरपालिका-१५ बस्ने २० वर्षीय अनिश राई रहेका छन् ।  उनीहरूले वीरगंज महानगरपालिका-१६ बसपार्कमा महमदलाई कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका महमदको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको थियो । उनीहरू उपर ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुन जस्तो देखिने पहेलो धातु सहित एक जना पक्राउ
२०८२-०५-२४

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन एरियाबाट सुन जस्तो देखिने पहेलो धातु करिब ६ सय ३५ ग्राम सहित भारतीय नागरिक भरत कुमार विनोद चन्द्र भाटलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । एयर एसियाको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय उडान तर्फको आगमन एरियामा जाँच गर्ने क्रममा मलद्वार भित्र लुकाई छिपाई ल्याएको उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइने छ । 

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०५-२३

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-६  घर भएका ७० वर्षीय जिवनाथ तिमिल्सिनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  सिन्धुपाल्चोक साविक माङ्खा गाविस-७ मा जित बहादुर तामाङको २०३७ कात्तिक ७ गते खुकुरी प्रहार गरी हत्या गरी फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१३ ताहाचलबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानीको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति साउदी अरेबियाबाट पक्राउ
२०८२-०५-२३

काठमाडौं, ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पर्वत साविक बेउलीबास गाविस-३ ठेगाना भएका दिपक सारू थापा भन्ने खिम बहादुर थापा पक्राउ परेका छन् । एनसिबि रियाद साउदी अरेबियाको समन्वयमा साउदी अरेबियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ शनिबार नेपाल फिर्ता ल्याइएको छ । दिपक सारू थापा भन्ने खिम बहादुर थापा समेत भएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्वतको २०६९ माघ १५ गतेको फैसलाले जन्म कैद (२० वर्ष) सजाय ठहर भई वारदात पश्चात फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८२ साउन २० गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटि आएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।