प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित पाँच जना पक्राउ

२०८२-०४-०६

  • A
  • A-
  • A+
Share

झापा, भद्रपुर नगरपालिका-७ डाँफेचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३७ ग्राम ४ सय ९० मिलिग्राम सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय सुनिल चापागाई, नुवाकोट तादी गाउँपालिका-६ बस्ने ३० वर्षीय मन कुमार दर्जी र उनकै श्रीमती २६ वर्षीया शशी खत्री रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कैलाली, जानकी गाउँपालिका-३ नयाँ लायकपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ १ ग्राम ३ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय भुवन कठरिया र ३५ वर्षीय राजु चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८२-०६-२२

काठमाडौं महानगरपालिका-६ महांकाल पानी ट्याङ्की बस्ने संखुवासभा घर भएका २८ वर्षीय श्याम शेर्पालाई नियन्त्रित लागूऔषध डाईजेपाम २८ एम्पुल, नोर्फिन २९ एम्पुल र फेनारगन २९ एम्पुल सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट महांकालबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ९० मिलिग्राम सहित सिबिर क्याम्प बेलडांगी झापामा शरणार्थीको रूपमा बसोबास गर्ने ३० वर्षीय मिलन माझीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतको पानी ट्याङ्कीबाट नेपालतर्फ सिटीसफारीमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहा ४ नम्बर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ६० मिलिग्राम र नगद ५ हजार ५० रूपैयाँ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरीया नगरपालिका-१२ बिक्रीगाउँ बस्ने २१ वर्षीय आशिष चौधरी र  बाँके कोहलपुर नगरपालिका-२ बर्दहवा बस्ने १९ वर्षीय दिपेश थारू रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सर्लाही, बागमती नगरपालिका-६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १४ ट्याब्लेट, स्पास्मो २ सय ट्याब्लेट र नगद २ हजार ५ सय ३० रूपैया सहित सोही ठाउँ बस्ने २८ वर्षीय जिवन घिसिङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी राजघाटबाट खटिएको प्रहरीले बा.प्र.०२-०३० प ५५७० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८२-०६-२१

धनुषा, गणेशमान चारनाथ नगरपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३७ ग्राम ९० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा मिर्चौया नगरपालिका-७ बस्ने २४ वर्षीय निराजन यादव र सप्तरी राजबिराज नगरपालिका-१ बस्ने ३१ वर्षीय रोहन कुमार सिंह रहेका छन् । इलाका प्रहरी कार्यालय ढल्केवर समेतबाट खटिएको प्रहरीले सिराहा बन्दिपुरबाट बिरेन्द्रबजारतर्फ आउँदै गरेको बा.प्र.०३-००२ प २०८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, सुन्दरहरैँचा नगरपालिका-१० संगमचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९२ ट्याब्लेट सहित सोही नगरपालिका-१२ बस्ने २१ वर्षीय अमृत चौधरी समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय  बिराटचौकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, गौरीगंज गाउँपालिका-२ बाहुन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम ५ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-८ प्रगती टोल बस्ने २३ वर्षीय चन्दन राय र मोरङ रतुवामाई नगरपालिका-३ महादेवा बस्ने ३४ वर्षीय बिमल कामत रहेका छन् । प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले पिण्डलघुटुबाट तुलाचन चोकतर्फ आउँदै गरेको मे.३ प ३५४० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०६-२०

दाङ, लमही नगरपालिका-९ अमिलियाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४४ ट्याब्लेट र नाईट्राजेपाम ४८ ट्याब्लेट सहित तुलसीपुर नगरपालिका-८ बस्ने सल्यान बागचौर नगरपालिका-५ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चेकपोष्टबाट खटिएको प्रहरीले नेपालगंजबाट तुलसीपुरतर्फ आउँदै गरेको रा.८ प ४८०७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-६ तिलकाना बस्ने ३१ वर्षीय खड्क बहादुर रोकालाई अवैध लागूऔषध गाँजा ५७ ग्राम ७ सय ९० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो १ सय ६० क्याप्सुल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको   हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०६-१९

दार्चुला, दुहुँ गाउँपालिका-५ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४ सय ८० ग्राम सहित सोही गाउँपालिका-१ बस्ने ५६ वर्षीय हर्क बहादुर बमलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपलिका-२ त्रिनगर व्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-५ बस्ने ३० वर्षीय यलसन चौधरी र सोही उपमहानगरपालिका-५ डेरा गरी बस्ने घोडाघोडी नगरपालिका-११ घर भएका १९ वर्षीय पर्शुराम कठरिया रहेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००१ प २५६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८२-०६-१८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ११ ग्राम सहित मनहरी गाउँपालिका-३ बस्ने २० वर्षीय रूपेश पौडेल समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडा बजारतर्फ आउँदै गरेको म.प्र.०३-००१ ज ०६७० नम्बरको ईभि गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-८ सनोटकोलेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ६० मिलिग्राम सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय दिपेश खड्का, ३८ वर्षीय दिपेश घिमिरे र ३४ वर्षीय रामहरी अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बा.प्र.०३-००१ च ११२८ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक दिपेश खड्का तथा गाडीमा सवार दिपेश घिमिरे र रामहरीलाई पक्राउ गरेको हो ।  बर्दिया, राजापुर नगरपालिका-४ सरस्वती सामुदायिक वनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ४० मिलिग्राम सहित सोही नगरपालिका अस्पताल टोल बस्ने २१ वर्षीय राहुल लोनियालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।