जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२-०४-०७
- A
- A-
- A+
लमजुङ, मर्स्याङ्दी गाउँपालिका-८ भुलभुलेस्थित मनाङ होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक ४८ वर्षीय सन्तबीर तामाङ समेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।