प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८२-०४-०८

  • A
  • A-
  • A+
Share

म्याग्दी, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रघुगंगा गाउँपालिका-४ दग्नाम बस्ने के बहादुर गर्बुजालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

के बहादुर समेतका व्यक्तिहरूले साविक दग्नाम गाविस-२ बस्ने धनराम तिलिजाको धारिलो हतियार प्रहार गरी २०६० कात्तिक ६ गते हत्या गरेको घटनामा जिल्ला अदालत म्याग्दीको २०६८ जेठ ११ गतेको फैसलाले २० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले रघुगंगा गाउँपालिका-४ दग्नामबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत म्याग्दी पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय म्याग्दी पठाइएको छ । 

सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।