अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८२-०४-१३
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरोको छ । पक्राउ पर्नेहरूमा बर्दिया गुलरिया नगरपालिका-११ बस्ने २२ वर्षीय जलिल अहमत सई र ३१ वर्षीय प्रेम राईदास रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले बर्दियाबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र.०१-००६ ख ५५२२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, ईनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-६ बस्ने ३६ वर्षीय प्रविन तामाङ र मोरङ उर्लाबारी नगरपालिका-१ बस्ने २४ वर्षीय किरण बिक रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २७ ग्राम ९ सय मिलिग्राम सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत विहार खजुरवाड जोगवनी-५ बस्ने ३० वर्षीय मोहम्मद रिजवान, ३५ वर्षीय मोहम्मद इकरार, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१ बस्ने ३५ वर्षीय सरोज बास्तोला र सर्लाही ईश्वरपुर नगरपालिका-१४ बस्ने ४१ वर्षीय अशोक हिङमाङ रहेका छन् । इलाका प्रहरी कार्यालय भिमान समेतबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा. ४ ख ६०४२ नम्बरको हायसमा सवार मोहम्मद रिजवान र मोहम्मद इकरारलाई करिब ११ ग्राम ५ सय मिलिग्राम तथा झापाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.१-०१-००१ ख ४५३६ नम्बरको हायसमा सवार सरोज र अशोकलाई करिब १६ ग्राम ४ सय मिलिग्राम उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१८ रामधुनी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१८ सिमले बस्ने १८ वर्षीय किशोरलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठुलोदमारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।