प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८२-०४-१५

  • A
  • A-
  • A+
Share

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-६ खहरे बस्ने संखुवासभा चिचिला गाउँपालिका-१ घर भएकी ५१ वर्षीया दुर्गा देवी गुरूङ र काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने पर्सा वीरगंज महानगरपालिका-१५ घर भएका ६० वर्षीय महमद जौवाद अंसारी रहेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उच्च अदालत पाटनको २०७९ फागुन २३ गतेको फैसलाले उक्त मुद्दामा ३ लाख रूपैयाँ जरिवाना, १ दिन कैद र क्षतिपुर्ती बापत शुल्क १२ हजार रूपैयाँ पीडित राहत कोषमा बुझाउनु पर्ने सजाय ठहर भई फरार रहेकी दुर्गालाई काठमाडौं खहरेबाट बुधबार पक्राउ गरेको हो । साथै सोही मुद्दामा फरार रहेका महमदलाई काठमाडौं कुलेश्वरबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 


सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।