प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८२-०४-१७

  • A
  • A-
  • A+
Share

बारा,  ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिम्रौनगढ नगरपालिका-१० देवापुर टेटा टोल बस्ने ३१ वर्षीय छोटेलाल प्रसाद यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । छोटेलालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कैलाली, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरीगंगा नगरपालिका-५ अण्डैया शिसु सुधार टोल बस्ने ३१ वर्षीय भरत बुढालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । भरतले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-११-२८

कञ्चनपुर, ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमदत्त नगरपलिका-१० बस्ने ४७ वर्षीय नरेश गिरी र सोही नगरपालिका-९ बस्ने ४० वर्षीय हिरा नाथलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नरेश र हिराले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । म्याग्दी, ५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धवलागिरी गाउँपालिका-७ धारापानी बस्ने ४२ वर्षीय प्रेम बहादुर दमाईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रेम बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मुनाताकमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।