प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अभौतिक मुद्राको कारोबारमा संलग्न व्यक्ति पक्राउ

२०८२-०४-१८

  • A
  • A-
  • A+
Share

काठमाडौं, अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ कौशलटार बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-१६ चिसापानी घर भएका २१ वर्षीय सुसान्त दाहाललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  

काठमाडौं महानगरपालिका-१४ कलंकीमा अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । उनले अभौतिक मुद्राको प्रयोग गरी नगद ७८ लाख ३० हजार ३ सय ८८ रूपैयाँ भन्दा बढी रकमको कारोबार गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।  

उनी उपर अभौतिक मुद्राको कारोबार गर्न नहुने सम्बन्धी कसूरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।