प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न ९ जना पक्राउ

२०८२-०४-२०

  • A
  • A-
  • A+
Share

सप्तरी, डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न रहेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुरूङ्गा नगरपालिका-८ बस्ने २७ वर्षीय राजेश कुमार मरिक, २८ वर्षीय संजय मरिक, सोही नगरपालिका-७ बस्ने ३३ वर्षीय राज कुमार विक, बोदेबरसाइन नगरपालिका-२ बस्ने २० वर्षीय दिपेन मरिक, खडक नगरपालिका-११ बस्ने ३४ वर्षीय हरिकिसुन मरिक, शम्भुनाथ नगरपालिका-८ बस्ने २४ वर्षीय दिपक मरिक, उदयपुर बेलका नगरपालिका-१ बस्ने २८ वर्षीय चन्दर मरिक, सिराहा लाहान नगरपालिका-६ बस्ने ५२ वर्षीय महेन्द्र गोड्से र लाहान नगरपालिका-८ बस्ने ३८ वर्षीय उमेश साह सोनार रहेका छन् । 

सुरूङ्गा नगरपालिका-८ मलहनमा टोल बस्ने कन्तलाल चौधरीको घरमा २०८२ जेठ २३ गते धनमाल लुटपाट गरी कन्तलालको गोली हानी हत्या गरेको घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट कटुवा पेस्तोल १ थान, गोली २ राउण्ड, खुकुरी १ थान, चाँदीको जस्तो देखिने बाला १ थान र बालिया १ थान समेत बरामद गरेको छ । 

उनीहरू उपर डाँका तथा कर्तव्य ज्यान मुद्दामा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-४ बस्ने काठमाडौं महानगरपालिका-२७ घर भएका ५१ वर्षीय मनोज कुमार सिंह भन्ने अनुप कुमार सिंह र भक्तपुर मध्यपुर थिमि नगरपालिका-९ बस्ने दोलखा मेलुङ गाउँपालिका-७ घर भएका ५१ वर्षीय नर बहादुर श्रेष्ठ भन्ने लड्डु बहादुर श्रेष्ठ रहेका छन् । उनीहरूले युके पठाइदिन्छु भन्दै ४८ जना पीडितहरूबाट ४ करोड ३९ लाख ५१ हजार ५ सय ५८ रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापा मेचीनगर नगरपालिका-१० धुलाबारीबाट पक्राउ गरेको   हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्ष पछि पक्राउ
२०८२-०८-२७

पर्सा, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बहुदरमाई नगरपालिका-२ बस्ने ५४ वर्षीय बिनोद पटेल भन्ने बिनोद प्रसाद कुर्मीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । साविक लिपनी विर्ता गाविस-८ पटेलनगर बस्ने २३ वर्षीय सुरेश भन्ने राम प्रसाद पटेलको २०६३ असोज ५ गते हत्या गरेको घटनामा संलग्न रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-२१ बाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हत्यामा संलग्न दुई जना पक्राउ
२०८२-०८-२७

          कास्की, पोखरा महागनरपालिका-१० रामघाट बस्ने सोही महानगरपालिका-१६ घर भएका ६० वर्षीय रमेश सुनारको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-११ फूलबारी बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-१ घर भएका ३२ वर्षीय हरिराम बुर्लाकोटी र पोखरा महानगरपालिका-१० बस्ने पाल्पा रामपुर नगरपालिका-४ घर भएका ३८ वर्षीय कृष्ण बहादुर थापा भन्ने कृष्ण बहादुर भुजेल रहेका छन् ।  पोखरा महानगरपालिका-१२ स्थित ढिकालेथर शिव मन्दिर नजिकै रमेशको शव बिहीबार बिहान फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले घटनामा संलग्न मध्ये कृष्ण बहादुरलाई पोखरा महानगरपालिका-१० बाट बिहीबार र हरिरामलाई सोही महानगरपालिका-१२ बाट शुक्रबार पक्राउ गरेको हो ।   उनीहरू उपर जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।