श्रव्यदृश्य आधारभूत तालिम सुरू
२०८२-०४-२८
- A
- A-
- A+
काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखामा संचालन हुने सातौं समूहको श्रव्यदृश्य आधारभूत तालिम सुरू भएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले बुधबार आयोजित एक कार्यक्रमबीच उक्त तालिमको उद्घाटन गर्नुभयो ।
सो अवसरमा प्रहरी नायव महानिरीक्षक घिमिरेले प्रशिक्षार्थीहरूले पूर्णरूपमा समर्पित, सक्रिय एवम् लगनशील भएर प्रशिक्षणमा सहभागी हुनुपर्नेमा जोड दिँदै प्राप्त ज्ञान, सीपबाट श्रव्यदृश्य सामग्री निर्माणमा थप व्यावसायिक बन्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुभयो ।
प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक कालिका कार्कीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कुल ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी सहायक निरीक्षक २ जना, प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान १३ जना गरी जम्मा २१ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ ।