बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०५-०५
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका-२ बस्ने सर्लाही हरिवन नगरपालिका-९ घर भएका ३३ वर्षीय प्रकाश कुमार खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत ललितपुरको २०८० असोज ७ गतेको फैसलाले २० लाख ९० हजार रूपैयाँ जरिवाना र ७ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर गोदावरी नगरपालिका-२ बाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।