प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न व्यक्ति पक्राउ

२०८२-०५-०५

  • A
  • A-
  • A+
Share

पर्सा, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा गोरखा, गोरखा नगरपालिका-४ बस्ने २८ वर्षीया सरिता सिर्मललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

सरिताले पीडितहरूलाई विभिन्न प्रलोभन देखाई ललाई फकाई हेटौंडाबाट वीरगंज हुँदै भारतको रक्सौलतर्फ लैजान लागेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उनलाई वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट पक्राउ गरेको हो । साथै प्रहरीले तीन जना पीडितहरूलाई उद्दार समेत गरेको छ । 

उनी उपर मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद  थप  अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार