प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कोरिया पठाइदिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ

२०८२-०५-०५

  • A
  • A-
  • A+
Share

काठमाडौं, वैदेशिक रोजगारीको लागि कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१ नक्साल बस्ने ताप्लेजुङ सिरीजङ्घा गाउँपालिका-१ घर भएकी ३८ वर्षीया साहारा सुव्वा (थेवे) लाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर, ललितपुर महानगरपालिका-२८ हरिसिद्धिबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले हाल सम्म ९ जना पीडितहरूबाट कोरिया पठाइदिन्छु भनि १ करोड ८ लाख ३० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

सम्बन्धित समाचार