नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०५-१०
- A
- A-
- A+
सुनसरी, इटहरी उपमहानगरपालिका-२० नविन भिलेजबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट सहित खोटाङ घर भएकी ३८ वर्षीया निर्मला राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरको छ । प्रहरी चौकी तरहराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १५ ट्याब्लेट, स्पास्मो २४ ट्याब्लेट र नाइट्रोसेन १७ ट्याब्लेट सहित बराहक्षेत्र नगरपालिका-५ बस्ने २७ वर्षीय सुरज तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरूवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।