प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्या गरेको अभियोगमा पक्राउ

२०८२-०५-१६

  • A
  • A-
  • A+
Share

सिन्धुली, आफ्नै आमा ६५ वर्षीया फाल कुमारी सुनुवारको हत्या गरेको अभियोगमा दुधौली नगरपालिका-१४ भौडी बस्ने ४० वर्षीय तुला राज सुनुवारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अंशबन्डाको विषयलाई लिएर तुला राजले फलामको खन्ती प्रहार गर्दा फाल कुमारीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

बाँके, खजुरा गाउँपालिका-६ गिजरा बस्ने २२ वर्षीय अर्जुन राना मगरको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षीय दिनेश रमजालीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । घरयासी वादविवादको क्रममा दिनेशले बियरको बोतल प्रहार गर्दा गम्भीर घाइते भएका अर्जुनको सञ्जीवनी कलेज अफ मेडिकल साईन्स अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।