प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

शैक्षिक संस्थाहरूमा बम राखेको भनी झुट्टा अफवाह फैलाउने व्यक्ति पक्राउ

२०८२-०५-१६

  • A
  • A-
  • A+
Share

काठमाडौं, शैक्षिक संस्थाहरूमा बम राखेको भनी झुट्टा अफवाह फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा कीर्तिपुर नगरपालिका-१० बस्ने महोत्तरी, महोत्तरी गाउँपालिका-२ घर भएका ३८ वर्षीय जयरूद्र झालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी कन्ट्रोल रूमको आकस्मिक नम्बर १०० मा फोन गरी काठमाडौंस्थित विभिन्न शैक्षिक संस्थाहरूमा विष्फोटक पदार्थ राखेको छ भनी झुट्टा अफवाह फैलाई सार्वजनिक शान्तिमा खलल पुर्‍याएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यम संलग्न उनलाई काठमाडौं महानगरपालिका-१० नयाँबजार कीर्तिपुरबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 


सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।