प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

राजस्व छलि गरिएका विद्युतीय चुरोट (भेप) सहित तीन जना पक्राउ

२०८२-०५-१६

  • A
  • A-
  • A+
Share

काठमाडौं, राजस्व छलि गरिएका विद्युतीय चुरोट (भेप) सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ लिस्ती घर भएका ४० वर्षीय निमा छिरिङ शेर्पा, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-४ जुबु घर भएका ४२ वर्षीय कृष्ण बहादुर गुरूङ र काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-७ ज्यामिरे घर भएका ५२ वर्षीय राम बहादुर गुरूङ रहेका छन् । 

काठमाडौंको चमती वडा एरियामा अवैध रूपमा विद्युतीय चुरोट (भेप) राजस्व छली भण्डारण तथा संचय गरी कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१५ चमतीस्थित गोदामबाट विभिन्न कम्पनीका विद्युतिय चुरोट (भेप) ३ हजार ८ सय ५ थान फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ ।

सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।