प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्रोत नखुलेको रकम सहित पक्राउ

२०८२-०५-१८

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने ७८ वर्षीय विनोद कुमार श्रेष्ठलाई स्रोत नखुलेको नगद ४ करोड २५ लाख ५० हजार रूपैयाँ, करिब ९ हजार ८ सय ३७ ग्राम ९ सय ६० मिलिग्राम सुन जस्तो देखिने पहेँलो धातुका विभिन्न गरगरहना र करिब ३ हजार २ सय १८ ग्राम ९ सय २० मिलिग्राम चाँदी जस्तो देखिने सेतो धातुका विभिन्न गरगहना सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महारागंज समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त नगद तथा गरगहना फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।