बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०५-२१
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर चाँगुनारायण नगरपालिका-२ बस्ने दोलखा भीमेश्वर नगरपालिका-१ घर भएकी ३८ वर्षीया रञ्जिता थापा (सिटौला) लाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका-२ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।