प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति साउदी अरेबियाबाट पक्राउ

२०८२-०५-२३

  • A
  • A-
  • A+
Share

काठमाडौं, ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पर्वत साविक बेउलीबास गाविस-३ ठेगाना भएका दिपक सारू थापा भन्ने खिम बहादुर थापा पक्राउ परेका छन् । एनसिबि रियाद साउदी अरेबियाको समन्वयमा साउदी अरेबियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ शनिबार नेपाल फिर्ता ल्याइएको छ । 

दिपक सारू थापा भन्ने खिम बहादुर थापा समेत भएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्वतको २०६९ माघ १५ गतेको फैसलाले जन्म कैद (२० वर्ष) सजाय ठहर भई वारदात पश्चात फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८२ साउन २० गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । 

उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटि आएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।


सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।