हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०५-२४
- A
- A-
- A+
पर्सा, छिपहरमाई गाउँपालिका-५ भिष्वा बस्ने ३० वर्षीय महमद मुराद मियाँको हत्या गरेको अभियोगमा २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-५ सल्ले भुम्लु बस्ने २१ वर्षीय मनिक पराजुली र बारा जीतपुरसिमरा उपमहानगरपालिका-१५ बस्ने २० वर्षीय अनिश राई रहेका छन् ।
उनीहरूले वीरगंज महानगरपालिका-१६ बसपार्कमा महमदलाई कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका महमदको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको थियो ।
उनीहरू उपर ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।