नियन्त्रित लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८२-०६-०१
- A
- A-
- A+
मोरङ, विराटनगर महानगरपालिका-२ बाट नियन्त्रित लागूऔषध डाईकोमाइन ८ हजार ६ सय ट्याब्लेट र ट्रामाडोल ३ हजार १ सय ५० ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने ताप्लेजुङ घर भएका २० वर्षीय सुन्दर शेर्पा र भारत विहार अमिडा गाम्रपंचायत-१० घर भएका २० वर्षीय महमद असरफ रहेका छन् । वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूको डेरा कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
काभ्रे, बनेपा नगरपालिका-८ तिनधाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ट्याब्लेट सहित सोही नगरपालिका-७ तरकारी बजार बस्ने पर्सा घर भएका २२ वर्षीय मौजित अन्सारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।