अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८२-०६-०७
- A
- A-
- A+
मकवानपुर, मनहरी गाउँपालिका-७ रिभर साईडबाट अवैध लागूऔषध गाँजा १५ किलो ६ सय ग्राम सहित सोही गाउँपालिका-७ बस्ने ४० वर्षीय बिक्की भन्ने केदार स्याङ्तानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले सडक छेउमा रोकी राखेको ना.१ ह ६३८९ नम्बरको अटो तलासी गर्दा उक्त गाँजा फेला पारी अटो नजिकै रहेका स्याङ्तानलाई पक्राउ गरेको हो ।
सप्तरी, कन्चनरूप नगरपालिका-१० धनकट्टाबाट अवैध लागूऔषध गाँजा ८ किलो ३ सय ७५ ग्राम सहित उदयपुर बेलका नगरपालिका-६ बस्ने ४९ वर्षीय बम बहादुर माझीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कन्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
सुर्खेत, गुर्भाकोट नगरपालिका-८ भेरीपुल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय प्रकाश विक समेत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मेहेलकुनाबाट खटिएको प्रहरीले नेपालगंजबाट मेहलकुनातर्फ आउँदै गरेको बा.प्र.०८००१ ज ०१२७ नम्बरको इभि भ्यान तलासी गर्दा उक्त लागूऔषध फेला पारी चालक प्रकाश समेत उनीहरूलाई पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-७ सत्ती बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय हिक्मत ठकुल्लालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-६ बाकमाराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय गोबिन्द घर्ती मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।