अवैध लागूऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
२०८२-०६-१२
- A
- A-
- A+
पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३० ग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पोखरिया नगरपालिका-९ सेनवारी बस्ने २५ वर्षीय गौरी शंकर प्रसाद चौहान र भारत मोतिहारी नागारोड बस्ने २८ वर्षीय भिम सहनी रहेका छन् । अस्थायी प्रहरी पोष्ट ईनार्वागाउँबाट खटिएको प्रहरीले रक्सौलबाट ईनर्वा गाउँतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।