जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
२०८२-०६-१३
- A
- A-
- A+
मकवानपुर, मनहरी गाउँपालिका-८ सिमपानी बस्ने ४० वर्षीय सुदर्शन उप्रेतीको घरमा जुवातास खेलिरहेको अवस्थामा सुदर्शन समेत ९ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १ हजार २ सय ५० रूपैयाँ र तीन बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।