जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
२०८२-०६-१७
- A
- A-
- A+
कैलाली, टीकापुर नगरपालिका-१ दुर्गानगर टोल बस्ने मणिराज पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा मणिराज समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ८ सय रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।